पोखरामा थापा निरन्तर ३ हजार मतले पछाडि

पोखरामा थापा निरन्तर ३ हजार मतले पछाडि

२०७९, जेठ ७ शनिवार

  • 1.1K
    SHARES

  • पोखरामा थापा निरन्तर ३ हजार मतले पछाडि

    पोखरा । चर्चामा रहेको देशको पोखरा महानगरपालिकामा ७२ हजार ९१८ मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

    आचार्यले २९ हजार ८०६ मत ल्याउँदा एमालेका कृष्ण थापाले २६ हजार ३६५ मत पाएका छन् ।

    आचार्य र थापाबिचको मतान्तर ३४४१ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले १९६६ मत ल्याएका छन् ।

    उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट ३० हजार २६० मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ, ३० हजार १७६ मत ल्याएकी छन् ।

    २०७९, जेठ ७ शनिवार०७:४१:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार