प्रचण्डको तर्क : गठबन्धन सफल भयो, संघीय निर्वाचनसम्मै लान्छौँ !

प्रचण्डको तर्क : गठबन्धन सफल भयो, संघीय निर्वाचनसम्मै लान्छौँ !

२०७९, जेठ ७ शनिवार

  • 889
    SHARES

  • प्रचण्डको तर्क : गठबन्धन सफल भयो, संघीय निर्वाचनसम्मै लान्छौँ !

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको बताएका छन्।

    मध्यपुर थिमी नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई शनिवार बिहान खुमलटारमा बधाई दिँदै उनले भने, ‘निर्वाचनअघि पनि जितेर आउने प्रतिबद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकोमा तपाइहरू सबैलाई बधाई र कार्यकालको शुभकामना छ।’

    मध्यपुर थिमी भक्तपुरको एउटा ऐतिहासिक नगरपालिका भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिङ्गो भक्तपुरमा पर्ने बताए। मध्यपुर थिमीमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेहरूलाई पनि भोलिका दिन चुनौती दिन सकिने उनको भनाइ छ।

    ‘त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाइ सूचना लगायतका तपाईँहरूका काम कारबाहीको प्रभाव सिङ्गै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईँहरू आउनुभएको छ’ उनको भनाइ छ।

    विजयी भएका जनप्रतिनिधिहरूलाई अब राम्रो काम गर्ने चुनौती रहेको तर्फ सचेत पनि गराए। मध्यपुर थिमीमा गठबन्धनको मर्मलाई पक्डिन सफल भएको देखिएको उनले बताए।

    ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो। मूलभूत रूपमा गठबन्धन सफल भएको हो’ उनले भने, ‘हामी यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प हो। यसमा हामी गठबन्धनका दलहरू दृढ छौँ।’

    २०७९, जेठ ७ शनिवार१२:३०:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार