काठमाडौँ । काठमाडौँ महानगरपालिकामा एक लाख मतगणना सकिएको छ।
आइतबार बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार ३४ मतान्तरसहित अग्रता लिइरहेका छन्। अब गन्न बाँकी रहेको ८४ हजार मतले काठमाडौं महानगरपालिकाको मेयरको छिनोफानो गर्नेछ ।
शाहले ३८ हजार ३३३ मत पाउँदा गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको मत २१ हजार २९९ रहेको छ भने एमाले उम्मेदवार केशव स्थापित २१ हजार ८ मतले पछ्याइरहेका छन्।
पहिलो स्थानमा रहेका बालेन र तेस्रो स्थानमा रहेका स्थापितबीच १७ हजार ३२५ मतान्तर रहेको छ।