इटहरी उपमहानगर मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी

इटहरी उपमहानगर मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी

२०७९, जेठ ८ आइतवार

  • 1.1K
    SHARES

  • इटहरी उपमहानगर मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी

    काठमाडौँ । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन्।

    निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ४९ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका याम कुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत पाए।

    उपमेयरमा भने एमाले उम्मेदवार सङ्गीता कुमारी चौधरी विजयी भइन्। उनले ३२ हजार ४ सय ३६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी केशव कुमार विष्टले १८ हजार ३१ मत मात्र प्राप्त गरेका छन् ।

    २०७९, जेठ ८ आइतवार०७:४५:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार