फ्रान्समा विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

फ्रान्समा विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

२०७९, जेठ ८ आइतवार

  • 1.1K
    SHARES

  • फ्रान्समा विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

    पेरिस । फ्रान्समा एक पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको विदेशी सञ्चारमाध्यमले जनाएका छन्।

    शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि उच्च पहाडमा दुर्घटना भएको थियो। विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ।

    विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको शव फेला परेको दुर्घटनाका प्रत्यक्षदर्शीहरूले आपतकालीन सेवाहरूलाई जानकारी दिएका छन्।

    आगो निभाउन करिब ६० अग्नि नियन्त्रक परिचालन गरिएको थियो।

    दुर्घटनाबारे छानबिन सुरु हुने भएको छ। -एजेन्सी । 

    -सांकेतिक तस्विर

    २०७९, जेठ ८ आइतवार०८:४९:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार