धनगढी मेयरमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उमेदवार हमाल र उपमेयरमा एमाले विजयी

धनगढी मेयरमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उमेदवार हमाल र उपमेयरमा एमाले विजयी

२०७९, जेठ ८ आइतवार

  • 1.3K
    SHARES

  • धनगढी मेयरमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उमेदवार हमाल र उपमेयरमा एमाले विजयी

    कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् ।

    प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले गठबन्धनका तर्फबाट उम्मेदवार भएका नृपबहादुर वडलाई पराजित गरेका हुन् । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाएका छन् ।

    उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् । रानाले मतगणनाको सुरूआतदेखि अग्रता लिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई २८०९मतान्तरले पराजित गरेकी हुन् ।

    रानाले  १५ हजार ४७९ मत पाउँदा अधिकारीले १२ हजार ६७० मत मात्रै प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६६०९ मत ल्याइन् ।

    १९ वटा वडा रहेको धनगढीमा कांग्रेसले ११ वटा वडा जितेको छ भने एमालेले ६ वटा र माओवादखीले २ वटा वडा जितेको छ ।

    वडानम्बर १,२,३,४,५,१४,१५,१७,१९,९ र १३ कांग्रेसले जितेको छ । एमालेले ७, ८, १०, ११, १२ र १८ र माओवादी केन्द्रले ६ र १६ नम्बर वडा जितेको छ ।

    २०७९, जेठ ८ आइतवार०९:१८:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार