सात सय छ पालिकाको मतगणना सम्पन्न

सात सय छ पालिकाको मतगणना सम्पन्न

२०७९, जेठ ८ आइतवार

  • 1.1K
    SHARES

  • सात सय छ पालिकाको मतगणना सम्पन्न

    काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

    निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०६ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ । मुलुकभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३ दशमलव ९४ प्रतिशत देखिएको छ ।

    मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिको क्रममा नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रलगायत रहेका छन् । काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज महानगरसहित केही पालिकाको मतगणना जारी रहेको छ ।
     
    बाजुराको बुढी गङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा भएको मतदानमा विवाद उत्पन्न भएकाले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्नेमा निर्वाचन आयोगले निर्णय गर्न बाँकी रहेको छ ।

    २०७९, जेठ ८ आइतवार१२:४८:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार