गृहमन्त्री खाणसँग अमेरिकी उपमन्त्री जियाको शिष्टाचार भेट 

गृहमन्त्री खाणसँग अमेरिकी उपमन्त्री जियाको शिष्टाचार भेट 

२०७९, जेठ ८ आइतवार

  • 981
    SHARES

  • गृहमन्त्री खाणसँग अमेरिकी उपमन्त्री जियाको शिष्टाचार भेट 

    काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री जियाले शिष्टाचार भेटघाट गरेका छन् । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ । 

    भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा एवम्  दुई देशबीचको विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएका थियो । 

    गृहमन्त्री खाणले भूकम्पपछिको पुनः निर्माण र कोभिडविरुद्धको नेपाललगायत विश्वव्यापी लडाइमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद व्यक्त गरे । 

    भेटमा गृहमन्त्री खाणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उपमन्त्री जियासँग बताए । उनले विश्वमा स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रको योगदानको लागि अमेरिकाले पुर्‍याएको योगदानको प्रशंसासमेत गरे । 

    मन्त्री खाणले मानव अधिकार प्रवर्द्धनमा नेपाललाई अमेरिकाको साथ रहेको उल्लेख गर्दै नेपालले सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिमा सकारात्मक रुपमा अघि बढेको र नेपालको द्वन्द्व समाधानको घरेलु मोडल विश्व समुदायको लागि उदाहरण बनेको बताए । त्यस्तै नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगलाई धन्यवाद व्यक्त गरे ।

    त्यस्तै सन् १९८९ भन्दा अघि नेपाल आएका तिब्बती शरणार्थीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिएको र नेपालमा शरणार्थीले स्वास्थ्य, शिक्षा, कोभिडविरुद्धको खोपमा समान पहुँच प्राप्त गरेको गृहमन्त्री खाणले उपमन्त्री जियालाई जानकारी गराए ।

    त्यसका लागि उपमन्त्री जियाले धन्यवाद व्यक्त गरिन् । गृहमन्त्री खाणले उपमन्त्री जियालाई लुम्बिनी भ्रमणको लागि अनुरोध गरे । उपमन्त्री जियाले अनुरोधका लागि धन्यवाद व्यक्त गर्दै आफू लुम्बिनी भ्रमणका लागि उत्सुक रहेको र अर्को पटकको भ्रमणमा लुम्बिनी भ्रमणको कार्यसूचीमा राख्ने बताइन् ।

    अमेरिकी सहयोग नियोग (एमसीसी)संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको विषयलाई अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद व्यक्त गरिन् । साथै अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी पनि उनले दिइन् । 

    भेटमा नेपालले धार्मिक स्वतन्त्रता तथा मानव अधिकारको क्षेत्रमा पुर्‍याएको योगदान तथा अमेरिकी सरकारको मानव अधिकार र लोकतन्त्रप्रतिको प्रतिबद्धताको सह्राना गर्दै आगामी दिनमा यस क्षेत्रमा दुई देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको थियो ।

     

    २०७९, जेठ ८ आइतवार०२:०४:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार