कुनै सुविधा नलिने  दमक नगर प्रमुखको घोषणा

कुनै सुविधा नलिने  दमक नगर प्रमुखको घोषणा

२०७९, जेठ ८ आइतवार

  • 737
    SHARES

  • कुनै सुविधा नलिने  दमक नगर प्रमुखको घोषणा

    झापा । झापाको दमक नगरपालिकामा निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गरेका छन् ।

    निर्वाचन आयोगद्वारा  निर्वाचितहरुलाई  प्रमाणपत्र हस्तान्तरण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले अनावश्यक सेवा वा सुविधा नलिने स्पष्ट पारेका हुन्  ।

    जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै नगर प्रमुख थापाले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि उल्लेख गरे ।

    दमकको समृद्धि र विकास गर्न आफ्नो एकमात्र ध्येय रहेको भन्दै उनले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए । 

    राप्रपासहितको सत्तारुढ गठबन्धनबाट उनी राप्रपाका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा काँग्रेसकी रेगिना भट्टराई प्रसाईँ निर्वाचित भएका थिए ।

    दमकका १० वडामध्ये गठबन्धनले १,४ र १० जित्यो भने एमालेले अन्य ७ वटा वडामा जितेको थियो ।

    २०७९, जेठ ८ आइतवार०४:२५:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार