सुनसरी । धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले शपथ ग्रहण गरेका छन् ।
जिल्ला निर्वाचन अधिकृत समेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायाधीश कैलाश सुवेदीसमक्ष नव निर्वाचित मेयर राईले शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहणसँगै उनलाई जिल्ला निर्वाचन कार्यालय सुनसरीले प्रमाणपत्र समेत प्रदान गरेको छ ।