‘नयाँ निर्देशिका तर्जुमा गरेर मात्र न्यायाधीश नियुक्ति गरिने’

‘नयाँ निर्देशिका तर्जुमा गरेर मात्र न्यायाधीश नियुक्ति गरिने’

२०७९, जेठ ९ सोमवार

  • 1.2K
    SHARES

  • ‘नयाँ निर्देशिका तर्जुमा गरेर मात्र न्यायाधीश नियुक्ति गरिने’

    काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले सबै तहका न्यायाधीशहरूको नियुक्ति नयाँ निर्देशिकाको तर्जुमा गरेर मात्र गरिने बताएका छन् ।

    मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले न्यायाधीशहरूको नियुक्तिसम्बन्धी निर्देशिका सम्बद्ध निकायहरूको सहमतिमा छिट्टै निर्माण गरी सोही अनुसार मात्र न्यायाधीश नियुक्ति गरिने बताएका हुन् ।

    न्याय परिषद्को सदस्य समेत रहेका मन्त्री शर्माले न्यायाधीश बनाउँदा उनीहरूको कार्यक्षमता, न्यायप्रतिको निष्ठा आदिको मूल्याङ्कनलाई आधार बनाउने पनि बताए ।

    उनले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको तर्जुमाको लागि सम्बन्धित सरोकार भएकाहरूसँग काठमाडौँमा छलफल गरेको बताए । मन्त्री शर्माले ७ वटै प्रदेशमा छलफल गरी प्राप्त सुझावसहित सर्वोच्च अदालतको फैसला लगायतका आधारमा कानुन तर्जुमाको काम असार सम्ममा सकिसक्ने बताए ।

    मन्त्री शर्माले कानुन आयोगलाई कानुनसम्बन्धी अध्ययन अनुसन्धान गर्ने थिंक ट्याङ्कको रुपमा अघि बढाउने समेत उल्लेख गरे ।

    २०७९, जेठ ९ सोमवार०५:३३:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार