काठमाडौं । आजको बसेको मन्त्रीपरिषद् बैठकले सरकारको आगामी वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम पारित गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे बस्ने संसद् बैठकमा पेश हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नु हुने छ ।