उपत्यका सहित देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

उपत्यका सहित देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

२०७९, जेठ ११ बुधवार

  • 2.3K
    SHARES

  • उपत्यका सहित देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

    आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै, राती लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश न १ लगायत अन्य देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ

    २०७९, जेठ ११ बुधवार०६:३६:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार