टेक्सास विद्यालय नरसंहारः १८ बालबालिकासहित २१ जनाको हत्या

टेक्सास विद्यालय नरसंहारः १८ बालबालिकासहित २१ जनाको हत्या

२०७९, जेठ ११ बुधवार

  • 1.1K
    SHARES

  • टेक्सास विद्यालय नरसंहारः १८ बालबालिकासहित २१ जनाको हत्या

    उभाल्डे, टेक्सास । अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ ।

    यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौ गम्भीररुपमा घाइते भएका छन् । 

    टेक्सास राज्यको सान एन्टोनियोबाट १३४ किलोमिटर टाढा रहेको उभाल्डे शहरको रोब प्राथमिक विद्यालयमा स्कूलमा एकजना २१ वर्षीय बन्दुकधारीले कक्षा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा उनीहरूको मृत्युृ भएको हो ।

    प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिएको जनाइएको छ । टेक्सासका गभर्नर ग्रेग एबोटले हत्यारालाई विद्यालय रहेको इलाकाका बासिन्दा साल्भाडोर रामोसको रूपमा पहिचान गरेका छन् । 

    यो नरसंहार सन् २०१२ को डिसेम्बरमा कनेक्टिकटको स्यान्डी हुकमा भएको डरलाग्दो हमलापछि  अमेरिकी प्राथमिक विद्यालयमा भएको सबैभन्दा घातक हमला हो ।

    स्यान्डी हुक हमलामा २० बालबालिकासहित छ जना वयस्क मारिएका थिए ।-एजेन्सी ।

    २०७९, जेठ ११ बुधवार०२:४६:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार