सार्वजनिक हितका लागि २५ आवश्यक सेवामा हडताल निषेध गर्ने सरकारको निर्णय

सार्वजनिक हितका लागि २५ आवश्यक सेवामा हडताल निषेध गर्ने सरकारको निर्णय

२०७९, जेठ ११ बुधवार

  • 1.3K
    SHARES

  • सार्वजनिक हितका लागि २५ आवश्यक सेवामा हडताल निषेध गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अन्तर्राष्ट्रिय बजारको मापदण्ड अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि ऊर्जा क्षेत्रबाट जनतालाई विकल्प दिने बताए ।

    मन्त्री कार्कीले नेपालमा उत्पादन भएको ऊर्जालाई सदुपयोग गर्दै विद्युतीय चुल्हो, विद्युतीय सवारी साधनलाई उच्च प्राथमिकताका साथ सरकारले मङ्गलवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राखेको बताए । 

    नागरिकता विधेयक सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री कार्कीले नागरिकता विधेयक मुलुकको आवश्यकता भएकाले सबैको सहमतिमा यसलाई चाँडै नै पारित गर्ने सरकारको स्पष्ट धारणा रहेको बताए । 

    सरकारले लोकसेवा आयोगको सिफारिसमा नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय समेत गरेको छ ।

    २०७९, जेठ ११ बुधवार०३:२२:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार