सबै सार्वजनिक विद्यालयहरूमा पाठ्यपुस्तक पुर्‍याउन सरकारलाई निर्देशन

सबै सार्वजनिक विद्यालयहरूमा पाठ्यपुस्तक पुर्‍याउन सरकारलाई निर्देशन

२०७९, जेठ ११ बुधवार

  • 1.2K
    SHARES

  • सबै सार्वजनिक विद्यालयहरूमा पाठ्यपुस्तक पुर्‍याउन सरकारलाई निर्देशन

    काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले एक महिनाभित्र देशभरका सबै सार्वजनिक विद्यालयहरूमा पाठ्यपुस्तक पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ । 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरूसँग आज गरेको छलफलमा समितिले एक महिनाभित्र अपुग पाठ्यपुस्तक छपाई सकेर विद्यार्थीको हात पुर्‍याउन निर्देशन दिएको हो । 

    समितिका सभापति जयपुरी घर्तीले विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउने समस्या बर्षेनी आउने गरेको भन्दै यसको दीर्घकालीन समाधान खोज्न सुझाव दिए । 

    छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री बोधमाया कुमारी यादवले पुरानो नीतिका कारण समस्याहरू देखिएको भन्दै नीतिगत रूपमै समाधान गर्न आफु लागिपरेको जानकारी गराए । 

    मन्त्रालयका सचिव प्रमीला देवी बज्राचार्यले कागज अभावका कारण समयमा पाठ्यपुस्तक छपाई गर्न नसकेका कारण विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको बताए । 

    पाठ्यपुस्तक छपाई र बिक्री वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले केही पाठ्यपुस्तक पठाउने काम भइरहेको र नपुग ३५ लाख पाठ्यपुस्तक छपाई पनि आगामी असारको पहिलो हप्ताभित्र सकेर विद्यालयमा पुर्‍याउने बताए । 

    सांसदहरुले माध्यमिक तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको दायित्व सरकारको भए पनि पाठ्यपुस्तक नै समयमा पुर्‍याउन नसक्नु सरकारको गैर जिम्मेवारीपन भएको धारणा राखेका थिए । 

    २०७९, जेठ ११ बुधवार०४:२८:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार