काठमाडौंमा अब बालेन यात्रा

काठमाडौंमा अब बालेन यात्रा

२०७९, जेठ १२ बिहिवार

  • 1.3K
    SHARES

  • काठमाडौंमा अब बालेन यात्रा

    काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको छ । युवा उमेरका बालेन अब आगामी पाँच वर्षका लागि काठमाडौँ महानगरको पिताका रूपमा रहनेछन् । 

    बालेनले प्रमुख दल काँग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतान्तरले पछि पार्दै आफ्नो जित सुनिश्चित पारेका हुन् । 

    यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोल पपुलर मतसहित विजय हुने निश्चित भएको छ । काठमाडौंमा एक महिनाभित्र बालेनको क्रेज असाधारण रूपमा बढेकोमा दलहरूका शीर्ष नेताहरूसमेत अचम्ममा छन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    काठमाडौंको मेयरमा संस्थापन राजनीतिलाई चुनौती दिँदै हिजोसम्म र्याप गायकका रूपमा चिनिएका स्वतन्त्र उम्मेदवार बालेनलाई एकाएक समाज परिवर्तनका नायकका रूपमा जनताले विश्वास गरिदिएका छन् ।

    वर्षौंदेखि राजनीतिमा होमिएका नेतृत्वका लागि बालेनको यो जित ठूलो सवक र झड्का हो । बुधबार रातिसम्म बालेन्द्र साहले ५५ हजार ७ सय ७७ मत ल्याएका छन् भने नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहको ३५ हजार ३ सय ७१ मत रहेको छ । यस्तै, नेकपा एमालेका भेट्रान उम्मेदवार मानिएका केशव स्थापितको ३४ हजार ६ सय २६ मत रहेको छ । उनी तेस्रोमा पुगेका छन् ।

    त्यसैगरी, सम्पदा संरक्षक स्वतन्त्र उम्मेदवार सुमन सायमीको १० हजार ३ सय २२ मत रहेको छ । राप्रपाका मदनदास श्रेष्ठले २९ सय ९६ र विकेकशील साझा पार्टीकी समीक्षा बास्कोटाको ३ सय ४४ मत रहेको छ । उपप्रमुमा नेकपा एमालेकी सुनिता डंगोल भारी मतअन्तरका साथ विजयी घोषित हुन मात्र बाँकी छिन् । उनको ५३ हजार ६ सय ४२ मत रहेको छ ।

    २०७९, जेठ १२ बिहिवार०८:३३:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार