पुर्वी तराई तथा पहाडमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने

पुर्वी तराई तथा पहाडमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने

२०७९, जेठ १३ शुक्रवार

  • 985
    SHARES

  • पुर्वी तराई तथा पहाडमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने

    काठमाडौँ । नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

    पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ।

    दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    शनिबार प्रदेश १ र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९, जेठ १३ शुक्रवार०७:५८:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार