मेयर र उपमेयर हारेर पनि हेटौंडामा एमालेको स्पष्ट बहुमत

मेयर र उपमेयर हारेर पनि हेटौंडामा एमालेको स्पष्ट बहुमत

२०७९, जेठ १३ शुक्रवार

  • 1.1K
    SHARES

  • मेयर र उपमेयर हारेर पनि हेटौंडामा एमालेको स्पष्ट बहुमत

    हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा मेयर तथा उपमेयर गुमाए पनि नौ वडाध्यक्षसहित ५१ जनप्रतिनिधि जितेर एमाले बहुमतमा पुगेको छ ।

    नगरसभाको ९७ जना सदस्यमध्ये एमालेको ५१ जना जनप्रतिनिधिको जित पछि हेटौंडामा वैशाख १५ गते हुने कार्यपालिकाको निर्वाचनमा एमालेको जित हुने निश्चितप्रायः छ ।

    हेटौंडाको कार्यपालिकामा २९ जना जनप्रतिनिधि छन् । जसमा मेयर, उपमेयर गरी २ जना, १९ जना वडाध्यक्ष तथा ८ जना नगरसभाबाट निर्वाचित व्यक्तिहरु समावेश हुनेछन् ।

    कार्यपालिकाको ८ जना सदस्य नगरसभाको ९७ जना जनप्रतिनिधिले मतदानबाट छनोट गर्नेछन् । एमाले एक्लै ५१ जना जनप्रतिनिधिसहित बहुमतमा रहँदा पाँच दलीय गठवन्धनको तर्फबाट ४६ जनामात्र जनप्रतिनिधि हुनेछन् ।

    नेकपा माओवादी केन्द्रले हेटौंडा उपमहानगरपालिकामा एकमात्र वडाध्यक्ष जितेको छ ।

    २०७९, जेठ १३ शुक्रवार०९:०७:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार