काठमाडौं । पटक पटक महाधिवेसनको मिति सारेको भन्दै नेपाल प्रेस युनियन आवद्ध असन्तुष्ट पक्षले काठमाडौँमा समानान्तर भेला आयोजना गरेका छन् ।
पूर्व निर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेसन तीन महिना पछि अर्थात् १३-१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानन्तर भेला आयोजना गरेका हुन्।
काठमाडौँस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्त भित्र महाधिवेशन गर्ने बारेमा छलफल गर्ने युनियनका नेताले बताएका छन् ।
‘बिगत ८ वर्षदेखी युनियनको महाधिवेन हुन सकेको छैन, आजै उदघाटन गर्नुपर्ने अधिवेसन सारेर भदौ १३-१४ पुर्याईएको छ,’ भने, ‘महाधिवेसन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको भेलाले महाधिवेसनको मिति तय गर्नेछ।’
उक्त भेलामा बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, सचिव सलोजा दाहाल, खिला कार्की र केन्द्रीय सल्लाहकार शिव लम्साललगायत पूर्व अध्यक्षहरुको भेला हुँदैछ।
प्रेस युनियन स्थापना दिवसको अवसरमा आयोजित भेलालाई पूर्व अध्यक्षहरूले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । काठमाडौँ आएका छन्।
देशैभरबाट जम्मा भएका युनियनका सदस्यहरुको भेला कांग्रेस सभापति शेरबहादुर देउवा इत्तरका समर्थक पत्रकारहरुको मात्र सहभागिता रहेको बताइएको छ ।