अमेरिकी राष्ट्रपति बाइडेन टेक्सासस्थित नरसंहार भएको विद्यालय जाने

अमेरिकी राष्ट्रपति बाइडेन टेक्सासस्थित नरसंहार भएको विद्यालय जाने

२०७९, जेठ १३ शुक्रवार

  • 1.4K
    SHARES

  • अमेरिकी राष्ट्रपति बाइडेन टेक्सासस्थित नरसंहार भएको विद्यालय जाने

    वासिंगटन। अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जानुहुने भएको छ । उहाँ सो नरसंहारको निरीक्षणका लागि यही आइतबार त्यहाँ जान लाग्नुभएको समाचारमा जनाइएको छ ।

    अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारीअनुसार राष्ट्रपति बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेन आइतबार सो विद्यालय जानुहुने भएको छ ।

    उहाँहरुले उक्त नरसंहारमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्न तथा उनीहरुका परिवारलाई समवेदना व्यक्त गर्न त्यहाँ जान लाग्नुभएको समाचारमा जनाइएको छ । केही दिनअघि अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएको थियो ।

    अमेरिकी सहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद घटनामा परी १८ जना बालबालिकासहित २१ जना मारिएका थिए भने अरु कैयौँ घाइते भएका थिए ।

    टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको बताइएको छ ।एजेन्सी ।

    २०७९, जेठ १३ शुक्रवार१२:४६:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार