आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

२०७९, जेठ १३ शुक्रवार

  • 873
    SHARES

  • आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

    काठमाडौं । सरकारले पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ ।

    आज बसेको राष्ट्रिय सभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । 

    राष्ट्रिय सभाको हिजोको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९/८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरे सँगै छलफल सुरु भएको  थियो ।

    आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शेर बहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा(कोइराला)ले दिएका थिए ।

    त्यसैगरी आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आ.व. २०७९/८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम माथिलाई निर्णयार्थ प्रस्तुत गरे पछि बहुमतले पारित भएको थियो । 

    २०७९, जेठ १३ शुक्रवार०२:२३:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार