रचनात्मक तरिकाले विकासको काममा लाग्छु : उपप्रमुख डङ्गोल

रचनात्मक तरिकाले विकासको काममा लाग्छु : उपप्रमुख डङ्गोल

२०७९, जेठ १३ शुक्रवार

  • 1.2K
    SHARES

  • रचनात्मक तरिकाले विकासको काममा लाग्छु : उपप्रमुख डङ्गोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मक रुपमा महानगर विकासमा जुट्ने बताएकी छन् । 

    राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताइन् ।  

    उनले भनिन्, “प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ, त्यसैगरी ३२ वटै वडामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट विजय हुनुभएको जनप्रतिनिधि सबैसँग सहकार्य गरेर नगर विकासमा लाग्ने हो ।”

    उनले जनताको लागि सेवक भई समग्र काठमाडौँ विकास आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै यसअघि पनि आफू सामाजिक काममै सक्रिय रहेकाले आगामी दिनमा नगरवासीले थपिदिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

    नागरिकले दिएको हरेक मतले आफूलाई अठोट पूरा गर्ने बलियो सहारा बनाएको उनले बताइन् ।

    २०७९, जेठ १३ शुक्रवार०३:१६:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार