पौष २०, काठमाडौं ।
राजधानी उपत्यकामा आज बिहान सामान्य हुरी बतास सहित हल्का पानी परेको छ । बादल लाग्ने र हल्का पानी पर्ने क्रम आगामी बुधबारसम्मै जारी रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।
आज दिनभरि नै काठमाडौंमा मौसम खराब रहने तर ठुलो पानी नपर्ने मौसमविद श्रेष्ठको भनाई छ ।
हाल पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरूमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणाली पुस २२ गते ९बुधबार० देखि कमजोर हुँदै जाने पूर्वानुमान छ ।
मौसमविद श्रेष्ठका अनुसार अनुसार काठमाडौं उपत्यकासहित धेरैजसो पहाडि जिल्लाहरुमा हल्का पानी परेको छ । उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात पनि भएको छ ।
काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको मौसमविद श्रेष्ठले बताए । बादल लाग्दा ब्ल्यांकेटको रुपमा काम गर्ने र जमिनको तातो वाफ वायुमण्डलमा जान नपाएको हुनाले ह्वात्तै चिसो नबढेको मौसमविदको भनाई छ ।