प्रचण्ड पत्नी सीतालाई मुम्बई लगिँदै 

प्रचण्ड पत्नी सीतालाई मुम्बई लगिँदै 

२०७७, पौष २० सोमवार

  • 2.1K
    SHARES

  • प्रचण्ड पत्नी सीतालाई मुम्बई लगिँदै 

    पौष २०, काठमाडौं ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न सोमवार बिहान भारतको मुम्बई लगिँदै छ । उनलाई बिहान ११ बजेको उडानबाट मुम्बई लगिने भएको हो ।

    सीताको साथमा नेकपा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहने प्रचण्डको सचिवालयले जनाएको छ ।

    सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ भनिन्छ ।

    नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोषिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

    केहि दिन अघि मात्र भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने पारिवारिक स्रोतले बतायो । 

    उनी विदेशका राम्रा अस्पतालहरुमा पुगे पनि रोगबाट छुटकारा पाउन सकेकी छैनन् । 

    २०७७, पौष २० सोमवार०९:२९:०३
    प्रतिक्रिया
    सम्बन्धित समाचार