आज देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा हुने

आज देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा हुने

२०७९, जेठ १५ आइतवार

  • 833
    SHARES

  • आज देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा हुने

    काठमाडौँ । हाल नेपालमा स्थानीय, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

    बिहान बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

    सोमबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    २०७९, जेठ १५ आइतवार०८:१५:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार