नवनियुक्त मेयर बालेन्द्रलाई दर्जन चुनौती

नवनियुक्त मेयर बालेन्द्रलाई दर्जन चुनौती

२०७९, जेठ १५ आइतवार

  • 881
    SHARES

  • नवनियुक्त मेयर बालेन्द्रलाई दर्जन चुनौती

    काठमाडौं । भोलि सोमबारबाट काठमाडौं महानगरपालिकाको वागडोर सम्हाल्ने मेयर बालेन्द्र साहलाई उम्मेदवारीका क्रममा आफूले घोषणा गरेको काम पूरा गर्न दर्जनभन्दा बढी चुनौती देखिएको छ । तीमध्ये फोहोर व्यवस्थापन उनका लागि प्रमुख चुनौती हुनेछ ।

    विजयी घोषणा भएलगत्तै शुक्रबार विजय जुलुसबाटै बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका मेयर बालेन्द्रले उपत्यकाको फोहोर व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए । 

    स्थानीय जनताले खादा र मालाले स्वागत गर्न खोज्दा अस्वीकार गरेका मेयर बालेन्द्रले दीर्घकालीन रूपमा फोहोरमैलाको समस्या हटेपछि मात्र जनताको सम्मान लिने बताएका थिए । 

    फोहोरमैलाका कारण जनताले भोग्नुपरेको स्वास्थ्य समस्या समाधान गर्ने, व्यवस्थित रूपमा फोहोर विसर्जन गर्ने, स्थानीयको मागको सम्बोधन गर्ने आफ्नो प्राथमिकता रहेको बताएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । 

    झन्डै एक महिनाभन्दा बढी समय उठ्न नसकेको फोहोरमैलाको अहिलेसम्म समाधान हुन सकेको छैन । स्थानीयले बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा समस्या छ । कामपा मात्रै होइन, ललितपुर उपमहानगरपालिकासहित उपत्यकाका १८ स्थानीय निकायको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन हुन थालेको छ ।

    मेयर साहको दोस्रो चुनौती जनताले पाउने सबै सेवा अनलाइनमार्फत गर्नुपर्ने देखिन्छ । कामपाले अनलाइन सेवा सञ्चालन त गरेको छ तर त्यसको राम्रोसँग व्यवस्थापन हुन सकेको छैन । युवाको मतबाट विजयी साहले कामपालाई हाइटेक बनाउने घोषणा गरेका छन् । त्यसका लागि सबै वडालाई सूचनाप्रविधि मैत्री बनाउनुपर्ने चुनौती पनि उनीमाथि थपिएको छ ।

    २०७९, जेठ १५ आइतवार०८:२०:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार