तारा एयर भन्छ- सम्पर्कविहीन जहाजको खोजी जारी छ

तारा एयर भन्छ- सम्पर्कविहीन जहाजको खोजी जारी छ

२०७९, जेठ १५ आइतवार

  • 1.3K
    SHARES

  • तारा एयर भन्छ- सम्पर्कविहीन जहाजको खोजी जारी छ

    काठमाडौं । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरले जनाएको छ ।

    तारा एयर कम्पनिले भरखरै विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको जनाएको छ । मोसममा सुधार आउन साथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गर्ने तारा एयरले जनाएको छ ।

    नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी कम्पनीले दिएको छ ।

    २०७९, जेठ १५ आइतवार०२:५२:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार