कोरोना अपडेट : थप ४०३ जनामा संक्रमण, संक्रमणमुक्त ५९४

कोरोना अपडेट : थप ४०३ जनामा संक्रमण, संक्रमणमुक्त ५९४

२०७७, पौष २० सोमवार

  • 1.8K
    SHARES

  • कोरोना अपडेट : थप ४०३ जनामा संक्रमण, संक्रमणमुक्त ५९४

    पौष २०, काठमाडौं ।

    पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४०१ जनामा गरिएको परीक्षणमा थप २४४ पुरुष र १५९ महिला गरी ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५९४ पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६८ जना पुगेको छ । 

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म १८८५ जनाको मृत्यु भएको छ । 
     
    त्यसै गरी नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५२८९ रहेको छ । 

    पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १४०, ललितपुरमा २१ र भक्तपुरमा २४ संक्रमित भेटिएका छन् । कास्कीमा ३५, कैलालीमा ३०, रुपन्देहीमा २५, बाँकेमा १४, कपिलवस्तु र दोलखामा १०-१० जना संक्रमित भेटिएका छन् । 

    २०७७, पौष २० सोमवार०६:१२:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार