आफ्नोबारे मात्र सोचेको आरोप लगाउँदै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे सुरक्षा प्रमुख बर्खास्त

आफ्नोबारे मात्र सोचेको आरोप लगाउँदै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे सुरक्षा प्रमुख बर्खास्त

२०७९, जेठ १६ सोमवार

  • 985
    SHARES

  • आफ्नोबारे मात्र सोचेको आरोप लगाउँदै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे सुरक्षा प्रमुख बर्खास्त

    लन्डन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त खार्किभ सहरको भ्रमण गरेका छन्।

    दोनावास क्षेत्रमा रुसी फौजले आफ्नो पकड कायम गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले पूर्वी युक्रेनको भ्रमण गरेका हुन्।


    खार्किभ भ्रमणका क्रममा जेलेन्स्कीले उत्तरपूर्वी सहरका सुरक्षा प्रमुखलाई बर्खास्त गरेको घोषणा गरेका थिए।

    ती सुरक्षा प्रमुखले पूर्णस्तरको युद्ध भएको पहिलो दिनदेखि शहरको रक्षा गर्न काम नगरेको तर आफ्नो बारेमा मात्र सोचेको आरोप जेलेन्स्कीले आरोप लगाएका छन्।

    अन्य सुरक्षा अधिकारीले धेरै प्रभावकारी रूपमा काम गरेको तर बर्खास्त गरिएका सुरक्षा प्रमुखले केही नगरेको उनको भनाइ थियो।

    राष्ट्रपतिले ती अधिकारीको नाम नखुलाए पनि युक्रेनी सञ्चार माध्यमले उनी खार्किभ क्षेत्रको एसबीयू सुरक्षा सेवाका प्रमुख रोमन दुदिन भएको जनाएका छन्। -एजेन्सी ।

    २०७९, जेठ १६ सोमवार०७:२९:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार