सुडानमा संकटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

सुडानमा संकटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

२०७९, जेठ १६ सोमवार

  • 1.1K
    SHARES

  • सुडानमा संकटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

    खर्तोम। सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुखले सुडानमा संकटकालको अन्त्यका लागि आग्रह गरेका छन् ।

    उनले सुडानमा हाल जारी रहेको संकटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन् ।

    सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख भोल्कर पेर्थस्ले यहाँ राजनीतिक संकट एकपछि अर्को गरी संकटमा पर्दै गएकाले यसको निकासका लागि आग्रह गरेका हुन् ।

    उनले भनेका छन्– सुडानमा पछिल्ला केही दिनहरुमा एकपछि अर्को गरेर राजनीतिक हिंसा भएको छ र यसबाट यहाँका नागरिकहरुमा असुरक्षा बढेको छ, त्यसैले सुडानका सबै पक्षले अहिलेको हिंसालाई अघि बढाएर होइन कि शान्तिपूर्ण रुपमा राजनीतिक निकास खोज्नुपर्दछ ।

    सुडानमा आइतबार मात्र पनि सरकारका विरुद्धमा आन्दोलन भएको र त्यसमा गोली लागेर केही युवाको ज्यान गएको थियो । सो घटनाप्रति पनि उनले दुःख व्यक्त गरेका छन् । उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर भनेका छन्– यो हिंसालाई बढावा दिने समय होइन, बरु शान्तिपूर्ण माध्यमबाट समस्याको निकास दिने समय हो ।एजेन्सी ।

    २०७९, जेठ १६ सोमवार१२:५३:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार