सुदूरपश्चिमका सबै जिल्लामा समाजिक विकास कार्यालय स्थापना

सुदूरपश्चिमका सबै जिल्लामा समाजिक विकास कार्यालय स्थापना

२०७७, मंसिर १६ मंगलवार

  • 2.3K
    SHARES

  • सुदूरपश्चिमका सबै जिल्लामा समाजिक विकास कार्यालय स्थापना

    मंसिर १६, डडेल्धुरा ।

    सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रदेशस्तरीय सामाजिक विकास कार्यालय स्थापना भएका छन् । 

    डडेल्धुराको शिक्षा विकास तथा समन्वय एकाईमा समाजिक विकास कार्यालय स्थापना गरिएको छ । सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय मातहतमा रहने गरी नौ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णयानुसार डडेल्धुरालगायत जिल्लामा कार्यालय स्थापना गरिएको मन्त्रालयले जनाएको छ । 

    सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख कुलराज सोतीले शिक्षा, युवा तथा खेलकूद, भाषा तथा संंस्कृति, महिला बालबालिका र श्रम तथा रोजगार क्षेत्रका कामकाज जिल्लास्तरबाट सम्पादन गर्ने जिम्मेवारी कार्यालयलाई तोकिएको जानकारी दिए । 

    २०७७, मंसिर १६ मंगलवार०७:१९:२६
    प्रतिक्रिया
    सम्बन्धित समाचार