आजदेखि बजेटमा सैद्धान्तिक छलफल सुरु हुँदै, एमाले कडारुपमा प्रस्तुत हुने

आजदेखि बजेटमा सैद्धान्तिक छलफल सुरु हुँदै, एमाले कडारुपमा प्रस्तुत हुने

२०७९, जेठ १७ मंगलवार

  • 657
    SHARES

  • आजदेखि बजेटमा सैद्धान्तिक छलफल सुरु हुँदै, एमाले कडारुपमा प्रस्तुत हुने

    काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ ।

    अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गरेका थिए ।

    उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।

    प्रमूख प्रतिपक्षी पार्टी नेकपा एमालेले चुनावकेन्द्रित बजेटमार्फत जनता झुक्याउन खोजिएको भन्दै आपत्ति जनाईसकेको छ । सदनमा तथ्यगत र तार्किक ढंगले प्रस्तुत हुँदै भण्डाफोर गर्ने पनि बताइएको छ । 

    २०७९, जेठ १७ मंगलवार०८:०५:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार