दश करोडभन्दा बढी किसानलाई २१ हजार करोड हस्तान्तरण

दश करोडभन्दा बढी किसानलाई २१ हजार करोड हस्तान्तरण

२०७९, जेठ १७ मंगलवार

  • 1.0K
    SHARES

  • दश करोडभन्दा बढी किसानलाई २१ हजार करोड हस्तान्तरण

    भारत । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि  योजनाअन्तर्गत १० करोड भन्न्दाबढी किसानहरूलाई रु २१,००० करोड हस्तान्तरण गरेका छन् ।

    प्रधानमन्त्री मोदी ‘गरिब कल्याण सम्मेलन’ मा सहभागी हुन आज यहाँ आएका बेला उक्त रकम हितानुपेक्षी किसानलाई हस्तान्तरण गरिएको हो ।

    प्रधानमन्त्री मोदिले स्थानीय रिज मैदानमा जारी सम्मेलनका क्रममा किसानहरूसँग विभिन्न सरकारी योजनाबारे पनि छलफल गरेका थिए ।

    उनले देशभरका जनप्रतिनिधिसँग सरकारले सञ्चालन गरेका विभिन्न कल्याणकारी कार्यक्रमका बारेमा प्रतिक्रिया मागेका थिए ।

    प्रधानमन्त्री कार्यालयका अनुसार मुलुकका नागरिकको सहज जीवनयापनमा सुधार ल्याउन सरकारी कार्यक्रमको पहुँच र वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

    प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारले मे ३० मा केन्द्रमा आफ्नो आठ वर्ष पूरा गरेको छ ।रासस

    २०७९, जेठ १७ मंगलवार०३:५४:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार