तीन वायुको प्रभावका कारण आज देशका विभिन्न भूभागमा वर्षा हुने

तीन वायुको प्रभावका कारण आज देशका विभिन्न भूभागमा वर्षा हुने

२०७९, जेठ १८ बुधवार

  • 997
    SHARES

  • तीन वायुको प्रभावका कारण आज देशका विभिन्न भूभागमा वर्षा हुने

    काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

    हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश १, मधेस प्रदेशका थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    २०७९, जेठ १८ बुधवार०७:२२:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार