प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे बालेन

प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे बालेन

२०७९, जेठ १८ बुधवार

  • 1.9K
    SHARES

  • प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे बालेन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवासँगको भेटवार्ताका लागि शाह बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री देउवाले शाहलाई महानगरको मेयर भएकोमा बधाई दिएका थिए । देउवाले वालेनको जितलाई चमत्कार भनेर समेत प्रशंसा गरेका थिए । 

    त्यसक्रममा मेयर शाहले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट देउवासँग सहयोग मागेका थिए । प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको बताइएको छ । 

    ‘विकासको काममा सहयोग हुन्छ, महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाको भनाइ रहेको थियो । शाहले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । शाहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । 

    २०७९, जेठ १८ बुधवार०७:२५:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार