आज कुन कुन ठाउँमा वर्षाको सम्भावना ?

आज कुन कुन ठाउँमा वर्षाको सम्भावना ?

२०७९, जेठ १९ बिहिवार

  • 865
    SHARES

  • आज कुन कुन ठाउँमा वर्षाको सम्भावना ?

    काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    प्रदेश १, मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

    बिहीबार प्रदेश १, मधेस प्रदेश लगायत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २०७९, जेठ १९ बिहिवार०७:०८:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार