आज दुवैसदनका बैठक बस्दै 

आज दुवैसदनका बैठक बस्दै 

२०७९, जेठ १९ बिहिवार

  • 685
    SHARES

  • आज दुवैसदनका बैठक बस्दै 

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

    बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेस गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी रहनेछ ।

    मङ्गलवारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरूले बजेटमाथि आ–आफ्नो धारणा राखिरहेका छन् ।

    यसैबिच, राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    २०७९, जेठ १९ बिहिवार०७:१४:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार