कर्मचारी समायोजनसम्बन्धी विवाद बृहत् पूर्ण इजलासमा

कर्मचारी समायोजनसम्बन्धी विवाद बृहत् पूर्ण इजलासमा

२०७९, जेठ १९ बिहिवार

  • 837
    SHARES

  • कर्मचारी समायोजनसम्बन्धी विवाद बृहत् पूर्ण इजलासमा

    काठमाडौँ । सर्वोच्च अदालतमा कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुने भएको छ । 

    न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार उक्त विवादको सुनुवाइ बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि पठाएको हो ।

    न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासको रायमा फरक मत आएपछि उक्त विवादलाई बृहत् पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । 

    समायोजन संविधान र कानूनअनुसार नभएको उल्लेख गर्दै ९९ वटा रिट निवेदन सर्वोच्च अदालत परेको थियो । उक्त निवेदनमाथि सुनुवाइपछि बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

    २०७९, जेठ १९ बिहिवार०७:३८:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार