निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले स्थापना दिवस मनाउँदै

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले स्थापना दिवस मनाउँदै

२०७९, जेठ १९ बिहिवार

  • 733
    SHARES

  • निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले स्थापना दिवस मनाउँदै

    काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन केन्द्रीय कार्य समितिले स्थापना दिवस मनाउँदै छ । 

    आज विहिवार काठमाडौंमा वर्तमान अवस्थामा ट्रेड यूनियन आन्दोलन विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाउने भएको हो । 

    हाल निजामती कर्मचारी, अस्थाई, करार लगाएतका पेशाकरमीहरुका हकहितमा कार्य गर्न भनेर विभिन्न पार्टीका ६ वटा संगठनहरु क्रियाशिल छन् । यी सबै संगठनहरुको आवाजलाई एकिकृत र विधिवत ढंगले सरकारसमक्ष प्रस्तुत गर्ने गरि आधिकारिक ट्रेड यूनियन गठन भएको हो । यसको संस्थापनाकालको अध्यक्षमा पुण्य ढकाल र उपाध्यक्षमा भोलानाथ पोखरेल रहेका थिए ।

    कार्यअवधि बाँकी रहँदै ढकाल पदमुक्त भएपछि हाल पोखरेलले यूनियनलाई नेतृत्व दिईरहेका छन् । यद्यपि एमाले कर्मचारीहरुको संगठनबाट पोखरेल नेतृत्वमा रहे पनि पछिल्लो समयमा पार्टी फुटका कारण पोखरेललाई फिर्ता बोलाएर केदार देवकोटालाई पठाइए पनि उक्त निर्णय कार्यान्वयन भएको छैन । 

    त्यस्तै, पोखरेल समूहले विभिन्न संगठनहरुबाट निर्णय गराएरै पुनः पोखरेलको नेतृत्वमा एमाले बाहेकका कर्मचारी समेटेर अर्को कार्य समिति बनाई कार्य गरिरहेको छ ।  

     

    २०७९, जेठ १९ बिहिवार०९:५३:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार