प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण

प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण

२०७९, जेठ १९ बिहिवार

  • 1.8K
    SHARES

  • प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले वर्षात् नजिकिएसँगै बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न अहिले नै पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

    राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले प्राकृतिक प्रकोपबाट बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको भन्दै क्षति न्यूनीकरणमा ध्यान दिन सरकारकारसँग आग्रह गरे ।

    गत वर्ष मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा गएको पहिराका कारण मानवीय र अर्बौँको भौतिक क्षति भएको थियो । 

    नेकपा (एकीकृत समाजवादी)का सांसद नन्दा चपाईंले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न अव्यवस्थित रूपमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराए । 

    सम्भावित जोखिमको आकलन गर्दै जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा सार्न सके मानवीय क्षति हुनबाट रोक्न सकिने उहाँको भनाइ थियो । 

    नेकपा(एमाले)का सांसद दीपा गुरुङले सडकसँग जोडिएका विद्युत्का तार हटाउन माग गरे । एमालेका सांसद दीलकुमारी रावल थापा (पार्वती)ले महिला हिंसाका घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरे ।

    नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले विश्वव्यापी फैलिएको मङ्कीपक्स रोग फैलन नदिन आवश्यक सतर्कता अपनाउन सरकारसँग माग गरे । 

    नेकपा (माओवादी केन्द्र)का सांसद महेशकुमार महराले नेपालगञ्जमा जनआन्दोलनका सहिदको शालिक भत्काउने कार्यमा संलग्नलाई कारबाही गर्न माग गरे । 

    माओवादीकै सांसद हरिराम चौधरीले सातै प्रदेशबाट सवारी चालक अनुमति पत्र दिने व्यवस्था मिलाउन आग्रह गरे ।

    २०७९, जेठ १९ बिहिवार०१:५४:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार