भारतमा कोरोनाको दैनिक सङ्क्रमण करिब एक हजारले नै बढी

भारतमा कोरोनाको दैनिक सङ्क्रमण करिब एक हजारले नै बढी

२०७९, जेठ १९ बिहिवार

  • 933
    SHARES

  • भारतमा कोरोनाको दैनिक सङ्क्रमण करिब एक हजारले नै बढी

    नयाँ दिल्ली । भारत बुधवार मध्य राति अर्थात् २४ घण्टाको समयावधिमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ७१२ ले थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।  

    मङ्गलवार दुई हजार ७४५ लाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलवार तुलनामा बुधवार कोरोना सङ्क्रमितको सङ्ख्या ९६७ बढेको छ । 

    गत २२ दिनअघि कोरोना सङ्क्रमण ३ हजार नाघेको थियो । गएको मे ९ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २०७ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमण तीन हजारबाट घटेको थियो । 

    हाल यहाँ १९ हजार ५०९ सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको ०.०५ प्रतिशत हो ।

    बुधवार मध्य रातिसम्म अर्थात् २४ घण्टाको समयावधिमा दुई हजार ५८४ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाको सङ्ख्या कुल चार करोड २६ लाख २० हजार ३९४ पुगेको छ । 

    अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ । भारतले  बुधवार चार लाख ४१ हजार ९८९ को कोरोना भाइरस सङ्क्रमणको परीक्षण भएको थियो । भारतमा  कोरोना सुरु भएदेखि हालसम्म कुल ८५ करोड १३ लाख परीक्षण भएको छ । 

    भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान सुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५७ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।-एजेन्सी ।

    २०७९, जेठ १९ बिहिवार०२:०५:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार