जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइयो

जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइयो

२०७९, जेठ १९ बिहिवार

  • 1.4K
    SHARES

  • जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइयो

    काठमाडौं । तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । 

    दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ । 

    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज दुर्घटनामा मृत्यु भएकाको शव त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि आज परिवारलाई हस्तान्तरण गरिएको छ ।

    बुधवार राति पोष्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज १२ बजेभित्रै मृतकका परिवारलाई शव हस्तान्तरण गरिएको हो ।

    मृतकमध्ये चार भारतीयको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने तथा दुई जर्मन नागरिकको शव त्यस देशतर्फ पठाइने जनाइएको छ । 

    आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

    उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली, चार भारतीय तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।

    २०७९, जेठ १९ बिहिवार०५:५३:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार