आजको मौसम : कुन कुन प्रदेशमा पर्दैछ पानी ?

आजको मौसम : कुन कुन प्रदेशमा पर्दैछ पानी ?

२०७९, जेठ २० शुक्रवार

  • 1.0K
    SHARES

  • आजको मौसम : कुन कुन प्रदेशमा पर्दैछ पानी ?

    काठमाडौँ। आज बिहान प्रदेश-१ का केही स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    विभागले आज राति प्रदेश-१ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    प्रदेश १ का केही स्थानमा र वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।

    २०७९, जेठ २० शुक्रवार०७:३४:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार