अमेरिकाको आयोवामा गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु

अमेरिकाको आयोवामा गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु

२०७९, जेठ २० शुक्रवार

  • 1.3K
    SHARES

  • अमेरिकाको आयोवामा गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु

    वासिङ्टन । अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ ।

    स्टोरी काउन्टी शेरिफको कार्यालयले ट्विटमा उल्लेख गरेअनुसार चर्चको

    पार्किङमा एक पुरुष व्यक्तिले दुई जनालाई गोली हानेका थिए ।

    शेरिफको कार्यालयले बताएअनुसार त्यहाँ तीन जनाको मृत्यु भएको छ, ती मध्ये एक जना बन्दुकधारीको रूपमा पहिचान गरिएको पुरुष पनि हो ।

    एम्स स्टोरी काउन्टीको सहर मध्य आयोवाको डेस मोइन्सबाट ५० किलोमिटर उत्तरमा छ।-एजेन्सी ।

    २०७९, जेठ २० शुक्रवार०२:४४:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार