नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ : थापा

नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ : थापा

२०७९, जेठ २० शुक्रवार

  • 777
    SHARES

  • नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ : थापा

    काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले नेपाललाई दश वर्ष भित्रमा पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्ने बताएका छन् ।

    महत्त्वाकाङ्क्षी योजनाका साथ आजैदेखि पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउन लाग्नुपर्ने थापाले बताए ।

    प्रतिनिधि सभा संसदमा आज बोल्दै काँग्रेस महामन्त्रीसमेत रहेका थापाले कार्ययोजना बनाएरै कति वर्षभित्र के गर्ने भन्ने योजनासहित पेट्रोलियम पदार्थमुक्त देश बनाउनुपर्ने बताए ।

    ‘नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ। महत्त्वाकाङ्क्षी योजनाका साथ हामीले दश वर्षभित्र यसलाई निमिट्यान्न पार्ने भनेर लाग्यौँ भने बाँच्छौँ हामी। कर घटाएर मात्र हुन्न। यसको उपाय भनेको पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउने हो,’ उनले भने ।

    सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको उल्लेख गर्दै उनले अझै मिल्छ भने मूल्य घटाएर जनतालाई राहत दिनुपर्ने बताए ।

    २०७९, जेठ २० शुक्रवार०२:५२:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार