राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश

२०७९, जेठ २० शुक्रवार

  • 945
    SHARES

  • राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश

    काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिएको छ । 

    सभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्’ भन्ने जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका हुन् । 

    प्रस्ताव प्रस्तुत गर्दै सांसद दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि मूल्य निर्धारण कार्यविधि विपरीत भएको भन्दै प्रस्ताव समर्थनमा सहयोग गर्न सबै सांसदलाई अपिल गरे । सो प्रस्तावलाई सांसद भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंहले समर्थन गरेका थिए । 

    प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रमिला कुमारीले मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रस्तावमाथि समर्थन गरिन् ।

    सांसद जीतेन्द्रनारायण देवले सरकारले पेट्रोल र डिजेलमा रु १० मूल्य घटाएकाप्रति समर्थन गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिसम्बन्धी भारत सरकारसँग पहल गर्नुपर्नेमा जोड दिए ।

    २०७९, जेठ २० शुक्रवार०३:२१:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार