काठमाडौं महानगरमा जटिल बन्दै फोहोर व्यवस्थापन

काठमाडौं महानगरमा जटिल बन्दै फोहोर व्यवस्थापन

२०७९, जेठ २१ शनिवार

  • 2.4K
    SHARES

  • काठमाडौं महानगरमा जटिल बन्दै फोहोर व्यवस्थापन

    काठमाडौं । महानगरपालिकाका मेयर वालेन्द्र साहको ढिठको कारण उपत्यकाको फोहोर व्यवस्थापन थप जटिल बन्दै गएको छ । आज बिहान मेयर साह र उपमेयर सुनिता डंगोल बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्दा जनतामा जुन उत्साह थियो । उहाहरु फर्केपछि आक्रोसमा बदलिएको छ ।

    पदबहाली भएकै दिनबाट फोहोर व्यवस्थापन गर्न अडिग देखिएका मेयर साहको पहल निरर्थक हुदै गएको छ । शुक्रवारबिहान ल्याण्डफिल साइटमा भेला भएका स्थानीयलाई सो क्षेत्रको विकास गर्न महानगरपालिकाले गर्ने कामको योजना सुन्ने आसमा थिए । तर मेयर साह फोहोर व्यवस्थापनको विषय र योजना मात्र सुनाएकोले जनता थप आक्रोशित भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    ‘मेयर र उमपेयर आउँनु भएको थियो । हामीले उहाँहरुबाट ठुलो आशा गरेका थियौ। तर मेयर साहले फोहोर नगनाउन केमिकल छर्किने र फोहोरको परियोजना संचालन गर्ने विषयमा मात्र जानकारी दिनुभयो– स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले नेपाल समाचारपत्रसंग भने । 

    विगत वर्षौदेखिको मागलाई बेवास्ता गर्दै जसरी भएपनि फोहोर बिसर्जन गर्ने नियमतले आएको देखेपछि हामी त निरास भयौ–ढुंगानाको भनाई थियो । मेयर साहले स्थानीय संघर्ष समितिको उपस्थिति बिनानै अन्य स्थानीयवासीलाई बोलाएर बैठक डाकेकोमा स्थानीय आक्रोशित थिए ।

    यसअघि गएको ८ दिनअघि सिसडोल र बञ्चरेल्याण्डफिल साइट अनुगमन गर्न पुगेका मेयर साहले समस्या समाधान नभएसम्म फोहोर नल्याउने घोषणा गरेका थिए । स्थानीयले मेयरको सोही भनाईलाई आधार मान्दै फोहोर व्यवस्थापन ठप्प पारेका हुन ।

    उहाँबाट ठुलोआब गरेका थियौ, माग पु्रा गर्न लिखित सम्झौता गरेपछि हामीले फोहोर व्यवस्थापन गर्न दिने तयारी गरेका थियौ । तर फोहोरको मात्र विषय उठान गरेर जनताको माग पुरा नगर्ने भनेपछि हामीले आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छौ–संयोजक ढुंगानाको भनाई थियो । आन्दोलनको स्वरुपको विषयमा भोली बिहान ७ बजे बैठक बसेर जानकारी दिइने उनको भनाईथियो ।

    २०७९, जेठ २१ शनिवार१०:११:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार