प्रचण्ड भेट्न खुमलटार पुगे मेयर बालेन

प्रचण्ड भेट्न खुमलटार पुगे मेयर बालेन

२०७९, जेठ २१ शनिवार

  • 1.5K
    SHARES

  • प्रचण्ड भेट्न खुमलटार पुगे मेयर बालेन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन्।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन्।

    खुमलटार भेटघाटमा महानगरपालिकाका विकास तथा समसमायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । 
    यस अवसरमा प्रचण्डले बालेनलाई भने, ‘तपाईँको जित बहुत ठूलो कुरा हो। क्रान्ति हो। पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग लागेर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो। तर तपाईँले पहिलो पटक सबैलाई मिलाएर,सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो शर्हानीय छ त्यसैले हजुरलाई हाम्रो सधैभरी साथ र सहयोग हुनेछ।’

    यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसकेका बालेन आज प्रचण्ड निवास खुमलटार पुगेका हुन् । 

    २०७९, जेठ २१ शनिवार१०:२४:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार