आगामी चुनावमा कसलाई जिताउने भन्दा पनि मेयर बालेनलाई सफल बनाउन ढकालको आग्रह 

आगामी चुनावमा कसलाई जिताउने भन्दा पनि मेयर बालेनलाई सफल बनाउन ढकालको आग्रह 

२०७९, जेठ २१ शनिवार

  • 1.6K
    SHARES

  • आगामी चुनावमा कसलाई जिताउने भन्दा पनि मेयर बालेनलाई सफल बनाउन ढकालको आग्रह 

    काठमाडौं । स्थानिय तह निर्वाचन २०७९ समाप्त भई देशका ७५२ वटै पालिकाका जनप्रतिनिधि आफ्नो कार्य क्षेत्रमा लागिसकेका छन् । बाजुराको बुढीगंगामा भने विवादका कारण मतगणना हुन सकेको छैन ।  

    देशैभरबाट ३२९ स्थान जितेर पहिलो भएपनि काठमाडौं महानगरमा स्वतन्त्रतर्फका उमेदवार बालेन्द्र शाहले करिव २३ हजार मतान्तरले सिर्जना सिंहलाई हराए पछि नेपाली कांग्रेसले खुलेर खुशियाली समेत मनाउन सकेको छैन । यतिखेर कांग्रेस दोहोरो चेपुवामा परेको सहजै अनुमान गर्न सकिन्छ ।

    पहिलो, गठबन्धनका मूख्य नेता प्रचण्डको कुटिल राजनीतिक चालले हैरानी बनाईसकेको छ । दोस्रो, स्वतन्त्र जनमत आफ्नो पकडमा रहेको उसको आधार क्षेत्रलाई बालेनले नराम्ररी ध्वस्त बनाईदिएका छन् । 

    यता बालेनका समर्थकको हौसाईले कस्तो आकार लिनपुग्ला ?, संकेत भने देखिन थालेका छन् । सपथ खाएको ६ दिनमा बालेनको दौडधुप हेर्दा उनी अत्यधिक सकसमा रहेको प्रष्टै बुझ्न सकिन्छ । उनी नेताकोमा पुग्छन्, 'मिठो आस्वासन पाउँछन् ।'

    जब उनी जनतासँग पुग्छन्, 'तब जनताका चर्का माग र आगोरुपी वाणीले निन्द्रा नै खल्बलिन पुगेको जो कोहीले पनि महशुस गर्न थालेका छन् ।' 

    आधुनिक प्रजातन्त्रको यत्रो महाभारतको युद्ध झैं जितेर निर्वाचित गरेका आफ्ना मेयरलाई सफल बनाउन भन्दा पनि आगामी निर्वाचनमा केन्द्रीत हुन समर्थकहरुथालेकामा चिन्ता प्रकट हुन थालेका छन् ।  

    वर्तमानको यो अवस्थालाई मध्यनजर गर्दै शिक्षासेवी तेज बहादुर ढकालले बालेन समूहलाई इंगित गर्दै आफ्नो दायित्वलाई नभुलि मेयरलाई सफल बनाउन आग्रह गरेका छन् । उनले सामाजिक संजालमा भनेका छन्, 'बालेनलाई जिताउने साथिहरु हो । अबको चुनाबमा कसलाई जिताउने भन्दा बालेनलाई कसरी सफल बनाउने भन्ने तर्फ लाग्नुस् । भोट दिनासाथ आफ्नो दायित्व पूरा भएको नठान्नुस ।'

    २०७९, जेठ २१ शनिवार१२:४६:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार